arrow

राजा चार्ल्सको राज्याभिषेक हुँदै, विश्वभरका विशिष्ट पाहुना बेलायतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
king-charles-III.jpg

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ । लन्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाई राजमुकुट पहिराइने छ ।
 
सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरबाट दुई हजार भन्दा बढी अति विशिष्ट पाहुनाहरु बेलायत पुगेका छन् । यसरी आउने पाहुनाहरुमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरु, विश्वभरका विभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी हुँदैछन् ।

 विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा शुशोभित गरिनेछ । 

 सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो । 

महारानी एलिजाबेथको निधन भएपछि उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् । उनको आज हुन गइरहेको राज्याभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाइएको छ । 

नेपालबाट सहभागीताका लागि परराष्ट्र मन्त्री एनपी साउद गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ