arrow

नागढुंगामा बसबाट तीन हजार एम्पुल नाइट्रोजेपाम लागुऔषध बरामद

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
nitrazepam-ampul.jpeg
काठमाडौं । दशैं विषेश सुरक्षा योजना अन्तर्गत निगरानीका क्रममा चेकजाँच कडाइ गरेको प्रहरीले नागढुंगाबाट मंगलबार लागुऔषध बरामद गरेको छ ।
 
महानगरीय प्रहरी परिसर टेकुका अनुसार थानकोथ प्रहरी बृत्तले वीरगञ्जबाट आएको ना ५ ख ४६८४ नंम्बरको बसबाट तीन हजार एम्पुल नाइट्रोजेपाम बरामद गरेको हो ।  
 
बसको डिक्कीमा लुकाइ छिपाई राखिएको लागुऔषधसहित पर्साका राजेश मुखिया पक्राउ परेका महानगरीय प्रहरी प्रमुख एसएसपी विक्रम थापाले जानकारी दिए । 
 
लागुऔषध लिन कलंकी पुगेका गोंगबुका निरन्जन मर्हजन समेत प्रहरी फन्दामा परे । यसैगरी भैरहवाबाट काठमाडौं आएको लु १ ख ७१९५ नम्बरको बसमा समेत २ सय १० एम्पुल डाइजेपाम भेटिएको प्रहरीले जनाएको छ ।
 
सो डाइजेपाम नवलपरासीका प्रदिपकुमार मल्लले ल्याएको र उनी पक्राउ परेको एसएसपी थापाले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ