arrow

बाढि प्रभावित ४० घरधुरीलाई जस्तापाता वितरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ असोज १८ मंगलबार
kapilbastugairenews.jpeg
कपिलवस्तु । गत श्रावण १० र ११ मा आएको भिषण वाढि वाट पुर्ण रुपमा क्षती भएका घरहरुको निर्माणको लागी जस्ता पाता वितरण गरिएको छ । भृकुटी नगरपालीका दरखसवा , चरिगाउ, वनकटी र परसुरामपुरका २३ घरधुरी र हरदौना गाविसमा १२ घर र कजरहवा गाविसमा ५ घर गरी ४० घरपरिवारलाई जस्ता पाता वितरण गरिएको छ । गरिवी निवारण केन्द्र (पिस नेपाल ) कपिलवस्तुको आयोजना र कारितास नेपाल- कारितास जर्मनीको सहयोग र जिल्ला विपद व्यस्थापन समितिको संयोजनमा उक्त जस्ता पाताहरु वितरण गरिएको हो ।
   
वाढि प्रभावितहरुले हालसम्म घर निर्माण गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालयको सिफारिसमा उक्त स्थानहरुमा तत्काल घर निर्माण गर्नको लागि जस्ता पाता वितरण गरिएको पिस नेपालका अध्यक्ष सदानन्द प्रसाद चौधरीले वताए । प्रति परिवार २ वण्डल अर्थात १८ थान जस्ता पाता वितरण गरिएको छ । वितरण गरे सगै दशै टीका अगाडी नै घर निर्माण कार्य सम्पन्न गर्ने स्थानीय भृकुटी नगरपालिका दरखसवका सुरेन्द्र मल्लाहले वताए ।
 
 घर निर्माण कार्य सम्पन्न भएपछि संस्थाले किला काटी खर्च स्वरुप नगद रु तीन हजार वितरण गर्ने समेत सो कार्यक्रममा वताइएको छ । कार्यक्रममा कारितास नेपालकी कौशिल्या सापकोटाले विपदमा कारितास नेपालले सानो सहयोग गरेको वताइन साथै राहत वितरणमा स्थानीय प्रशासन, गाविस  नगरपालिका र प्रहरीको सहयोग र सहकार्य राम्रो भएको वताइन । साथै संस्थाले वाढि प्रभावित वालवालिकाहरुको अध्ययनमा सघाउ गर्न कपडा, स्टेशनरी लगायत वितरण गर्ने कार्यक्रम समेत तय भएको वताइएको छ ।
 
 वितरण कार्यक्रममा भृकुटी नगरपालिकका नविन खनाल , हरदौना गाविसका गाविस सचिव कृष्ण प्रसाद शर्मा, कजरहवा गाविसका गाविस सचिव श्यामनारायण भुषाल लगायतले वितरित जस्तापाताको सदुपयोग गरी घर निर्माण गर्न आग्रह गरे । साथै तत्काल घर निर्माण गरी सुरक्षीत हुन र नगद रकम प्राप्त गर्न समेत तत्काल घर निर्माण गर्नको लागी पिवस नेपाल कपिलवस्तुले वाढि प्रभावितहरुलाई आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ