arrow

नक्कली भुटानी शरणार्थी प्रकरणः सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
teknarayan-pandey-arrest-refugee.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ । 

जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही बैशाख २० गते काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



नयाँ