arrow

डा.केसीको जीवन रक्षा र माग सम्बोधनको दबाबका लागि चिकित्सक संघको आह्वान

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg
काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको जीवन रक्षाका लागि पेशागत संगठनहरु सक्रिय भएका छन् ।
 
मंगलबार नेपाल चिकित्सक संघले विज्ञप्ति प्रकाशन गरी केसीको जीवन रक्षाका लागि ऐक्यवद्धताको आह्वान गरेको छ । संघका महासचिव मुक्तिराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा केसीको जीवन रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला संघसंस्था, शुभेच्छुक, पत्रकार, वुद्धिजीवि, नागरिक समाज, मानव अधिकारवादी संघ संगठन, उपभोक्ता मञ्च, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) तथा सम्पूर्ण नागरिकलाई अपिल गरेको छ । 
 
संघले डा. केसीको खस्कँदो स्वास्थ्यवस्थाबारे समेत चिन्ता जाहेर गरेको छ । केसी त्रिवि शिक्षण अस्पतालमा ९ दिन देखि नवौं चरणको आमरण अनसनमा छन् । उनको स्वास्थ्यवस्था निकै खस्किएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ