arrow

तत्काल मेडिकल काउन्सिलको बैठक बोलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
mohp-building.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्रालयले तत्काल बैठक बोलाउन मेडिकल काउन्सिललाई निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले पत्र लेख्दै तत्काल अहिलेकै अवस्थामा पदाधिकारीहरूको बैठक डाक्न निर्देशन दिईएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । 
 
यस विषयमा आवश्यक निर्देशन दिनको लागि काउन्सिलले यस अघि पठाएको पत्रको आधारमा मन्त्रालयले तत्कालै काउन्सिलको बैठक बोलाउन निर्देशन दिएको हो । 
केही महिना अगाडि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न मन्त्रालयको मातहतमा रहेका काउन्सिल तथा अन्य निकायको प्रमुख नियुक्ति गर्न आवश्यक मापदण्ड तयार पार्न निर्देशन दिएको थियो । 
 
स्वास्थ्य मन्त्रालयलले यस विषयमा सबै मापदण्ड तयार पारेर मन्त्रिपरिषद्मा पु¥याईसकेको छ । मन्त्रिपरिषद्ले उक्त मापदण्ड पारित गरेको खण्डमा सोही मापदण्डको आधारमा काउन्सिलका पदाधिकारी नियुक्ति गर्ने भनिएपनि अहिलेको अवस्थामा पुरानै पदाधिकारीको बैठक बोलाउन मन्त्रालयले निर्देशन दिएको हो । यही मापदण्ड तयार नहुन्ज्यालको लागि नबसेको मेडिकल काउन्सिलको बैठक तत्काल बोलाउन मन्त्रालयले निर्देशन दिएको हो । 
 
काउन्सिलको बैठक नबस्दा आफूखुसी निर्णय 
 
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काउन्सिलको बैठक बस्न नसक्दा मेडिकल कलेजहरूले आफूखुशी निर्णय गर्ने गरेका छन् । जसले गर्दा क्षता भन्दा बढी सिटमा विद्यार्थी भर्ना गर्ने गरिएको छ । जुन परम्पराले अव्यवस्था सिर्जना गरेको भनेर डा. गोविन्द केसी अनसनमा बसीरहेका छन् । यसरी डा. केसीको माग पूरा गर्ने तर्फ ध्यान दिँदै मन्त्रालयले तत्काल बैठक डाक्न निर्देशन दिएको हो ।
 
 ‘बैठक डाक्नुको मूल उद्देश्य नै सिट निर्धारण हो’ मन्त्रालयका एक अधिकारीले भने ‘बैठक अबको केही दिनमा नै बसेर सिट निर्धारण ग¥यो भने यो गोविन्द केसीको माग पूरा गर्ने विषयमा अर्काे खुडिकलो पार भएको मान्न सकिन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ