arrow

रंगेलीमा प्रहरीको यस्तो छ सुरक्षा व्यवस्था ?

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असोज १८ मंगलबार
morang j.jpg.jpeg
विराटनगर । दशैंलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रंगेलीले सुरक्षा व्यवस्था कडा बनाएको छ । राजमार्ग देखि बजार पसल चोक चौराहा तथा सीमा नाकाहरुमा निगरानी बढाएको छ ।
 
एक नगरपालिका र १३ वटा गाउँ विकास समितिको सुरक्षा जिम्मेवारी सम्हाल्दै आएको सो कार्यालयले दशैंलाई मध्यनजर गर्दै दुई सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक अभिचन्द्र रिजालले बताए ।  
 
प्रहरीले २२ किलो सीमाक्षेत्रमा एक दर्जन स्थानमा चेकजाँच पोष्ट राखेर निगरानी बढाएको छ । राजमार्ग क्षेत्रमा ट्रफिक प्रहरीको सहयोगमा तीन स्थानमा चेकपोष्ट राखेर सवारी चेकजाँच बढाइएको प्रहरी निरीक्षक रिजालले बताए ।  
 
यसैगरी, दशैंको अवसरमा भीडभाड हुने कालीमन्दिर, सानसारी माइस्थान, तथा मठमन्दिरहरुमा प्रहरी परिचालन गरिएको समेत  रिजालले बताए ।  
 
यसैगरी, राति र दिउँसो मातहतका १६ वटा प्रहरी चौकीबाट गस्ती खटाइएको उनले जानकारी दिए । आपराधिक घटना हुन नदिन उच्च सर्तकर्ता अपनाइएकाले निर्धक्क भएर दशैं मनाउन रिजालले सर्वसाधारणलाई आग्रह समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ