arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
hurpes.jpg.jpeg

काठमाडौं ।  मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ । 
 
घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्ति रहस्यमय तवरमा बेपत्ता हुनुले राजनीतिक संरक्षण भएको देखिने वक्तव्यमा भनिएको छ ।
  

अध्यक्ष बरालले सरकारी कार्यदल गठनदेखि चलखेलसम्मका सबै प्रक्रियाको सुक्ष्म अध्ययन एवं अनुसन्धानको माग गरे । दोषी जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने माग समाजको छ । “ यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्तिहरु रहस्यमय तवरमा गायव हुनुले राजनीतिक संरक्षण भएको देखिन्छ भने प्रमुख दलका शीर्ष नेताहरुको अस्वभाविक दौडधुपले अनुसन्धान प्रक्रियालाई असर पार्ने संभावना प्रवल देखिएको छ । यस सम्बन्धमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन÷अनुसन्धान गरि गहिराइमा छानविन हुनुपर्छ र दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही सुनिश्चित हुनुपर्छ । यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाजले निन्दा गर्छ”, विज्ञप्तिमा उल्लेख छ ।



नयाँ