arrow

आगलागीबाट शिशुको मृत्यु, दुई गम्भीर

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
fire.jpeg
हेटौँडा । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
आगलागीमा उनका दिदी र दाई — ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भैँसेस्थित सुपारेटार ब्यारेकमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
बच्चाले टुकी खेलाउँदा खरको छानामा सल्केर भएको आगलागीबाट करिब रु दुई लाख बराबरको क्षति भएको प्रहरी सूत्रले जनाएको छ । 
 
घरमूली सागर तिमल्सिना सामान्य घाइते भएको र उनी पनि सुपारेटार ब्यारेकमा उपचार गरी फर्केको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ