arrow

रमाईलो मेलाको नाममा उदयपुरमा आधारातसम्म जुवा, स्थानीय प्रशासन मौन

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
hamrakura-logo.jpeg
उदयपुर । गाईघाटमा गत शुक्रबारबाट स्थानीय युवाहरुको आयोजनामा दशैतिहार रमाईलो उत्सव सुरु भएको छ । मेलाको सुरुवातमानै जिल्ला बाहिरका व्यवसायीहरुले जुत्ता, चप्पल तथा लत्ता कपडा सहितको स्टल राख्ने भए पछि स्थानीय व्यवसायीहरुले कडा विरोध जनाएपछि स्टल हटाईएको थियो । 
 
यता व्यवसायीको विरोध पछि स्थानीय प्रशासन, मेला आयोजक, राजनैतिक दल र उद्योग वाणिज्य संघको प्रतिनिधिको संयुक्त बैठकले स्टल हटाउने निर्णय गरिए पछि मेलाको सुचारु गरिएको थियो । मेला आयोजकले एकलौटी ढंगले स्टलहरु संचालन गरेको स्थानीय व्यवसायीहरुले गुनासो गरेका छन् । 
 
महोत्सवमा विभिन्न व्यवसायीक स्टल, होटल लगायत संचालन गर्दा त्यसको प्रत्यक्ष मार स्थानीय व्यवसायीहरुले दशैको समयमा भोग्दै आउनु परेको स्थानीय व्यवसायीहरुको गुनासो रहेको छ । 
 
त्रियुगा उद्योग वाणिज्य संघले पनि कसैले मेला तथा महोत्सवको आयोजना गरेमा स्टल बिनानै मेला लगाउनु पर्ने निर्णय गरे पनि संचालित मेलामा भने स्थानीय व्यवसायी र त्रियुगा उद्योग वाणिज्य संघको भावना विपरीत मेला आयोजना गरेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले जानकारी दिए । 
 
जिल्ला प्रशासन कार्यालय उदयपुरबाट अनुमती लिएर स्थानीय प्रशासनकै संरक्षणमा मेला आयोजना गर्दा प्रशासनले कतिपनि सुरक्षामा संवेदनशिलता नअपनाएको स्थानीयहरु बताउँछन् । मेलाको लागि साझ ८ बजे सम्मको लागि मात्र अनुमती प्रदान गरिए पनि रातको १० देखि ११ बजे सम्म मेला लाग्ने गरेको छ । राती १०-११ बजे सम्म मेला लाग्दा जिल्लाको प्रमुख सदरमुकाममानै सुरक्षा चुनौती थपिएको स्थानीय मनोज यादव बताउँछन् । प्रशासनले अनुमती प्रदान गरेको ८ बजे निर्धारित समय भन्दा बढि समय मेला लागेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले ८ बजे सम्मको मात्र अनुमती प्रदान गरेको बताए पनि मेला राती ११ बजे सम्म संचालन भइरहेको छ । 
 
चाड पर्वको समयमा राती अबेर सम्म मेला संचालन हुदाँ सदरमुकाममा हुन सक्ने अप्रिय घटनाप्रति कतिपनि स्थानीय प्रशासन संबेदनशिल नदेखिएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताए । 
 
यता रमाईलो मेलाको नाममा खुलेआम रुपमा जुवा जन्य खेलहरु खेलाउदा समेत प्रशासनले ध्यान दिन सकेको छैन । विगतमा गाईघाटमा हुने मेलाहरुमा कुनै जुवाजन्य खेलहरु खेलाएमा मेलानै बन्द गर्ने सम्म आँट स्थानीय प्रशासनले गर्ने गरे पनि यस पटक संचालन गरेको मेलामा भने खुलेआम जुवाजन्य खेल संचालन गर्दा प्रशासनको मौनता देखिएको स्थानीय सर्वसाधारणहरु बताउछन् । 
 
तिहारको समयमा परम्परादेखि चल्दै आएको देउसी भैलो खेल्नको लागि राती ८ बजेबाट प्रशासन र प्रहरीले रोक लगाउने गरेको छ, विगतमा ८ बजे भन्दा बढि तिहारमा रमाईलो गरे प्रहरीले साउण्ड सिस्टम लगायका सामाग्री जफत गर्ने गरे पनि हजारौको संख्यामा भेला हुने मेलामा भने प्रशासनले कुनै सुरक्षा सतकर्ता नअपनाएको सर्वसाधरणहरुको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ