arrow

बुधबार तिथीले दशैंको चौंथो दिन, मितिले पाँचौं, किन हुन्छ यस्तो ?

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
sun_moon.jpeg

काठमाडौं । बुधबार सामान्य रूपले हेर्दा दशैको पाँचौं दिन हो । शनिबार घटस्थापनाको दिनदेखि गणना गर्ने हो भने बुधबार दशैंको पाँचौ दिन पर्नु सामान्य कुरा हो । तर, तिथीको रूपमा हेर्ने हो भने बुधबार दशेंको चौथो दिन मात्रै हुन आउँछ । दशैंको दोस्रो दिन द्वितीया आईतबार र सोमबार दुई दिन परेकोले यस्तो हुन पुगेको हो ।

यो वर्षको वडादशैंको नवरात्रि १० दिन परेको छ । प्रतिपदादेखि नवमीसम्मको लागि प्रतिनवरात्रि भनिने र उक्त नवरात्रि नौ दिनको हुने भएपनि यो वर्ष द्वितीया तिथी दुई दिन परेकोले यस वर्षको नवरात्रि एक दिन थपिएको ज्योतिषहरू बताउँछन् । 
 
चन्द्रमा र सूर्यको गति मध्ये चन्दंमाको गति केही बढी भएपछि त्यसलाई सन्तुलनमा ल्याउन नसकिने भएपनि पृथ्वीमा तिथीलाई हेरफेर गरेर दुबैको गतिको दूरी समान बनाउने सकिने भएकोले दुई दिनसम्म एउटै तिथी राख्ने गरिएको ज्योतिषहरूले बताउने गरेका छन् । 
 
यही सन्तुलन मिलाउनको लागि पनि यो वर्षको नवरात्रिको दोस्रो दिन अर्थात्  द्वितीया पर्व दुई दिन मनाईएको छ । त्इसैले बुधबार दिनको आधारमा नवरात्रिको पाँचौ दिन भएपनि तिथीको आधारमा यो चौथो दिन नै हो । यसकारणले गर्दा कसैले बुधबारलाई पाँचौदिन मानेर स्कन्धमाताको पूजागर्ने गरेका छन् भने कसैले चौथो दिन मानेर मुष्माण्डाको पूजा पनि गर्ने गरेका छन् । 
 
यही समयमा किन पर्‍यो यस्तो ?  
 
यसरी सन्तुलन मिलाउनको लागि दुई दिन पार्नेगरेको पनि तथ्यहीन तरिकाले भने होईन । कुनैपनि तिथीको लेखाजोखा सूर्याेदयपूर्वको समय र सूर्याेदय पश्चात्को समय गरेर दुई किसिमले हेर्ने गरिन्छ । यदि कुनै दिन सूर्यास्त पूर्व तिथी प्रारम्भ भएर भोलिपल्टको सूर्याेदय पश्चात् मात्रै तिथी सकिएको खण्डमा दुईदिनलाई उक्त तिथी मान्ने गरिएको छ । दशैंको नवरात्रको सवालमा पनि यही नियम लागू भएको ज्योतिषहरूले बताउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ