arrow

संविधान संशोधनमा हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया अघि बढ्नु पर्छ : कमल थापा

चन्द्रागिरीमा यसरी देखिए

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
Kamal-thapa-new-aaja.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधान संशोधनको कार्य अघि बढाउँदा देशलाई हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया समेत अघि बढाउनुपर्ने बताएका छन् । 
 
पार्टीको चन्द्रागिरि नगर कमिटीले दसैँ, नेपाल संवत्, तिहार, छठलगायत पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले करिब ८२ प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएको मुलुकमा उनीहरुको भावनाअनुसार हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिए । 
 
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले मुलुकमा वैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एकवद्ध हुनुपर्ने बताउँदै राष्ट्रमा विद्यमान समस्या समाधानका लागि देश र जनताको आवश्यकताका आधारमा सबै दल जिम्मेवार भई अघि बढ्नुपर्ने बताए । 
 
अध्यक्ष थापाले देशमा बसोबास गर्ने सबै जाति समुदायका पर्व तथा संस्कृतिलाई सबैले स्वीकार्ने परम्पराले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो बनाउने विचार राखे । 
 
सोही पार्टीका युवा नेता देवेन्द्र प्रधानले स्थानीय निकायको अभावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका कार्यले गति पाउन नसकेको बताउँदै चाडो स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ