arrow

सिरहा मालपोत कार्यालय प्रमुख लम्साल ४० हजार घुस लिँदा लिँदै पक्राउ

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
CIAA_20120418084007.jpg.jpeg
काठमाडौं । मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्साल सेवाग्राहीबाट ४० हजार घुस लिँदा लिँदै पक्राउ परेका छन् । 
 
कार्यालयमै विवादित जग्गाको मामिला मिलाइदिने भन्दै लम्सालले ४० हजार घुस मागेको र घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको सहकर्मी सत्यनाराण चौधरीले जानकारी दिए । 
 
लम्सालले सिरहा नगरपालिका –१३ का दीपु साहबाट ४० हजार घुस लिएका हुन् । 
 
अख्तियारका प्रवक्ता गणेश राज कार्कीले सिरहामा इटहरीको कार्यालयले हेर्ने बताउँदै आफु कहाँ मालपोत कार्यालय प्रमुख पक्राउ परको खबर आएको तर, थप विवरण आउन बाँकी रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ