arrow

देश बनाउन प्रचार होइन परिवर्तनमुखी बन्नुपर्छ : ओली

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
oli-large.jpg.jpeg
काठमाडौँ। एमाले अध्यक्ष केपी ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन् । 
 
चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरे । 
 
बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई संस्थागत र व्यक्तिगतबाट योगदान हुनुपर्ने पनि ओलीले बताए । 
 
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरे । थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै दिइएको सम्मानका साथ २५ हजार राशि रहेको छ । 
 
एमाले सांसद रामेश्वर फुयाँलले संसद्मा रहेर प्रारम्भिक बाल विकासका पक्षमा विगतमा पनि आफूहरुले काम गरेको बताउँदै संविधानको मौलिक हकमा व्यवस्था गरिएको बालअधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले चाइल्ड नेपालले बालबालिकाका लागि सञ्चालन गर्ने ‘माया हाम्रो अधिकार’ अभियानको शुभारम्भ गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ