arrow

सर्वोच्चको टोली लोकमानको घरमा म्यादै नटाँसी त्यसै फर्कियो, घर पुरै भाडामा रहेको ठहर

कार्की यतिबेला छिमेकी भारतमा

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
suprme_court_of_nepal.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतको टोली अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएकामा त्यसै फर्किएको छ । कार्कीको नयाँ बानेश्वरस्थित घर पूर्ण रुपमा भाडामा लगाइएकाले म्याद टाँस्न नसकिएको सर्वोच्चको टोलीले जनाएको छ ।
 
कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाई गर्ने र त्यसको लागि अदालतमा बोलाउने सूचना टाँस्न घरमा गएको टोली त्यसै फर्केको हो । 
 
सर्वोच्चका एक अधिकारीका अनुसार छिमेकीहरुले सहयोग नगरेपछि कार्कीले मुसलमानहरुलाई घर भाडामा दिएका थिए ।  
 
कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि क्यानाडा हानिएका कार्कीले म्याद बुझ्न अस्वीकार गरेको भन्दै उनलाई सूचीत गर्न टोलीले घरमै गएर म्याद टाँस्ने निर्णय गरेको थियो । सर्वोच्चका व्रवक्ता गणेशराज कार्कीले भने आफुहरुलाई यसबारे कुनै जानकारी नभएको बताए । 
 
यस्तै, २० दिन सम्म पनि सो निर्णयको औपचारिक सूचना कार्कीले छल्न खोजेपछी सर्वोच्चले घरमै टाँस्न तामेलदार शम्भु खत्रीसहितको टाेलिलाई पठायो । 
 
म्यादको पत्रमा निर्णयको जानकारी दिँदै मुद्दाका दुवै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुने आदेश रहन्छ । सो सूचना गाविस वा नगरको वडा प्रतिनिधिलाई साक्षी राखेर मात्रै टाँस्नु पर्ने प्रावधान छ । 
 
म्याद तामेलको पत्र लिएर टोली घरमा पुग्दा साक्षी बस्नुपर्ने वडा सचिव सरिता राई सम्पर्कमा आइनन् भने, छिमेकी समेत पहिले देखिनै चिडाएका छन् । ‘म्याद टाँस्न लोकमानको घर पुगेका कर्मचारी वडा कार्यालयका कर्मचारी साक्षी बस्नै नमानेपछि त्यसै फर्किए । 
 
तामेलदार खत्रीले वडा सचिव आफुहरुको सम्पर्कमा नआएको बताए । वडाका अन्य कर्मचारीहरु समेत डरले थर्कमान छन् । उनीहरुले आफुहरुलाई महानगरप्रमुखले तिमीहरु नजानु भनेको सुनाएका छन् । 
 
कार्की मुख्य सचिव नियुक्त हुँदा देखिकै विषयलाई लिएर अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दर्ता गरेका थिए । 
 
निकै दिन क्यानाडामा भेटघाटमा व्यस्त भएका कार्की यतिबेला छिमेकी भारत आइपुगेका छन् । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ