arrow

दुर्घटना न्यूनीकरण गर्न पाँचथरमा ट्राफिक सचेतना कार्यक्रम संचालन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज १९ बुधबार
pachtar-sawari.jpeg
पाँचथर।  चाडपर्व नजिकिएसँगै हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पाँचथरले संयुक्त रुपमा ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गरेका छन् । अहिले उनीहरुले दैनिक रुपमा भिन्न भिन्न समयमा सवारी चालक,तथा यात्रारत यात्रुहरुलाई चेतनामूलक सन्देश प्रवाह गरिरहेका हुन् ।
 
 जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले भने ,“ पछिल्लो समय मुललका विभिन्न स्थानमा सवारी दुर्घटनामा परेर धेरै मानिसको ज्यान गइसक्यो तर यसवारेमा ट्राफिक सचेतना फैलाइयो भने,त्यसले सवारी साधान दुर्घटनामा कमी ल्याउँछ भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेका हौ ।” अहिले मेची राजमार्ग अन्र्तगत विभिन्न स्थानमा विहान,दिउँसो बेलुका गरेर ट्राफिक चेकजाँच र सचेतना कार्यक्रमलाई तिव्रता दिएको उनले वताए ।
 
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख उत्तम भण्डारीले ट्राफिक सचेतना कार्यक्रम अन्र्तगत अहिले ट्राफिक कार्यालयको अनुरोध सहितको पर्चा पम्पेलट सवारी चालक,यात्रुलाई वितरण गरिरहेको तथा सवारी साधानमा टाँस्ने काम गरिएको वताए ।
 
उनले भने ,“ चाडपर्वको मौका छोपेर कसैले वढि भाडा उठाउने,यात्रुहरु कोचाकोच गरेर राख्ने,तथा चालकले मापसे सेवन गरेर सवारी चलाएमा १०० वा जिल्ला प्रहरी कार्यालयको फोन नम्बर ०२४५२०१९९ तथा ट्राफिक प्रहरी कार्यालयको मोवाइल नम्बर ९८५२६८४७७० मा सम्पर्क गर्न सम्पूर्ण यात्रुहरुलाई अनुरोध गरेका छौ ।”  उनका अनुसार यसअघिको निरन्तरको वर्षादका कारण मेचीराजमार्गमा भत्किएको सडक समेत सफा गरिसकिएको छ ।
 
 लामो दूरीको सवारीमा विचमा चालक परिवर्तन नगरेमा,अत्याधिक गतिमा,अनियन्त्रित तवरले सवारी साधन चलाएमा सिट क्षमता भन्दा वढि यात्रु राखी सवारी चलाएमा ट्राफिक तथा प्रहरीलाई खवर गर्न अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।अभियान दशैँ,तिहार र छठ पर्व सम्म संचालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ