- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्यालीसहित विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरमा जम्मा भइ शिक्षकहरुले विभिन्न नारा र ब्यानर प्रदर्शन गरेका छन् ।
शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् ।
संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।