arrow

७५ हजार घुस मागेका लम्साल ४० मा झरे, हात नपर्दै यसरी लाग्यो हत्कडी

चार दिन चल्यो बार्गेनिङ

logo
सत्यनारायण चौधरी,
प्रकाशित २०७३ असोज १९ बुधबार
arest-new-a.jpeg
लहान । जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्सालले घुस लिँदै गर्दा वुधबार पक्राउ परेका छन् । सेवाग्राहीसँग ४० हजार नगद लिने क्रममा अख्तियारको विषेश टोलीले लम्साललाई कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । 
 
मालपोत प्रमुख लम्सालले जग्गा कायम गरिदिन्छु भन्दै ७५ हजार माग्दै आएको सिरहा नगरपालिका १३ मल्हनिया गम्हरियाका दीपु साहले बताए । साहसँग भएको बार्गेेनिङ्गपछि ४० हजार रुपैँया बुझ्दै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए ।
 
गएको केही हप्तादेखि दीपु कार्यालयमा आउ–जाउ गर्दै आएको प्रत्यक्षदर्शीहरुको भनाई छ । मालपोत प्रमुख लम्सालले दीपुसँग मागेको रकमको सन्दर्भमा चार दिन देखि बार्गेनिङ्ग चल्दै आएको कार्यालय श्रोतले जनाएको छ । श्रोतका अनुसार लम्सालले ७५ हजार रुपैंया धेरै भएको हुनाले कुरा टुंगिन समय लाग्यो । 
 
पछि कुरा मिलेपछि लम्साल ४० हजार थाप्न तयार भए । पक्राउपछि लम्सालको निवासमा खोजविन गर्दा थप केही फेला नपरेको प्रहरीले जानकारी दिएको छ । कार्यकक्षबाट मालपोत प्रमुख लम्साललाई निकालेर अख्तियारको टोलीका सदस्यहरुले चारैतिरबाट घेरेर सोझै गाडीमा हालेर  लगेको प्रत्यक्षदर्शीले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ