arrow

कांग्रेस गुट,उपगुटको दलदलमा फस्यो : पुर्व अर्थमन्त्री महत

'कांग्रेस आफ्नो शक्ति बुझ्न छाडी गुट फुटमा लाग्नु हुदैन'

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
congressmahat.jpeg
वीरगंज ।नेपाली कांग्रेसका नेता एवं पुर्व अर्थमन्त्री रामशरण महतले कांग्रेसका कार्यकर्ताहरूले इतिहास, परम्परा र आफ्ननो शक्ति बुझ्ने कार्य छाडेको कारण गुट, उपगुटको दलदलमा फसेको बताएका छन् । नेपाली कांग्रेसका सांसद अनिल रूंगटाद्वारा वुधबार वीरगंजमा दशैं, तिहार, छठको अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री महतले नेपालको अधिकांश पार्टीहरू काङ्ग्रेसले सारेको अवधारणालाई नै अवलम्बन गरेको बताए । नेता महतले नेकाले गरेको अहिलेसम्मको कार्य जनतासमक्ष नपुगेको कारण नेपाली कांग्रेसले केही नगरेको भन्नु गलत रहेको जिकिर गरे ।
 
स्थानीय पुर्नसंरचनाबारे चारैतिर बहस चलिरहेको बेला संविधान कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताउँदै महतले  नयाँ संविधान कार्यान्वयन गर्न झन्झटिलो रहेको र संविधानले दिएको मौलिक अधिकार खोसिएर जाने भएकोले नेपाली कांग्रेसका कार्यकर्ताहरू संविधान कार्यान्वयनतर्फ अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।
 
 कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले संविधानमा मधेशी जनताले देखाएको असन्तुष्टीलाई कांग्रेसको अग्रसरतामा समाधान गर्नु पर्ने बताए । सभासद् अनिल रूंगटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद राजेन्द्र बहादुर अमात्य, पूर्व सांसद अजय द्विवेदी,  पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री, पूर्व सांसद रामेश्वर रौनियार, श्याम पोखरेल, पूर्व उद्योगराज्य मन्त्री मेघराज निषादलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 
 
यसैबिच पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले राजनैतिक संक्रमणको कारण मुलुकको शैक्षिक अवस्था खस्किएको भन्दै शिक्षालाई राजनितीबाट टाढा राख्नु पर्ने कुरामा जोड दिए । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजद्वारा आज होटल भिष्वामा आयोजित साईन्स कन्फ्रेन्स कार्यक्रमको उद्घाटन गर्दै उहाँले २०४९ साल यता शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले लगानि गरे अनुरुपको प्रतिफल अझै पाउन नसकेकोमा देखेसो व्यक्त गरे। शिक्षा क्षेत्रको सुधारका लागि राजनैतिक दल, समाज सबै एक जुट हुनु पर्ने कुरामा जोड दिदै विरगंजमा विश्व विद्यालय स्थापनाका लागि नेपाली कांग्रेसको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । 
 
हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान प्रसाद यादवको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सांसद राजेन्द्र बहादुर अमात्य, पुर्व सांसद अजय द्विवेदी, माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य अनिल श्रेष्ठ ,सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुदीन समानी, समाजसेबी बिश्वनाथ साह ,जगरनाथ तिवारी ,बैज्ञानीक कैलाश भुडेर, बिपी यादब लगायतले कलेजले दिने गुणस्तरीय शिक्षाको बारेमा चर्चा गरेका थिए । सो अबसरमा कक्षा ११ र १२ का बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत आ–आफ्नो  प्रतिभा समेत  प्रस्तुत गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ