arrow

टी–२० विश्वकप छनोट नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
nepal-cricket-association.jpg

काठमाडौँ । टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता नेपालमा हुने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकपका लागि नेपालले एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको हो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नोभेम्बर १ देखि १० तारिखसम्म एसिया क्षेत्रको टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको हो । 

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार ‘आईसीसीले र्इमेल पठाएर नेपाललाई प्रतियोगिता आयोजना गर्न दिन लागेको निश्चित गरेको हो । 

६ महिनाअघि आईसीसीले नेपाललाई बंगलादेशसँग मिलेर सन् २०२७ मा आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी तोकिसकेको छ । नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । 

टी–२० विश्वकप छनोटको एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ