arrow

पेरिस सम्झौता अनुमोदनको कागजात राष्ट्र सङ्घलाई बुझाइयो

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
UN.jpeg
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझायो । 
 
नियोगद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज १८ गते नेपालको व्यवस्थापिका–संसद्ले अनुमोदन गरेको कागजात परराष्ट्र« मन्त्रालयले नियोगलाई पठाएपछि सो हस्तान्तरण गरिएको हो । 
 
साथमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले बोनस्थित युएनएफसीसी सचिवालयमा आफ्नो राष्ट्रिय योगदान दर्ता गरेको कागजात पनि प्रस्तुत गरिएको छ । 
 
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदनको कागजातमा परारष्ट्रमन्त्री डा प्रकाशशरण महतले हस्ताक्षर गरे । 
 
नेपाललगायत अन्य देशले प्रस्तुत गरेको कागजातले पेरिस सम्झौता कार्यान्वयन हुन चाहिने हरितगृह ग्यास उत्सर्जनको ५५ प्रतिशत वा ५५ वटा पक्ष राष्ट्र« हुनुपर्ने सर्त पूरा भएको छ । 
 
सम्झौतालाई बुधबार सम्ममा ७२ राष्ट्रले हस्ताक्षर गरेका छन् । अब सो सम्झौता एक महिनापछि अर्थात् नोभेम्बर ४, २०१६ देखि लागू हुनेछ । 
 
नेपालले सो सम्झौताको सफल कार्यान्वयनले बाढीपहिरो, हिमताल पग्लने, जलवायुका असामान्य फेरबदल, जैविक विविधता नाश र लाखौँको जीवीकामा परेको असरमा सहयोग पु¥याउने आशा पनि राखेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ