arrow

मृगौला पीडित प्रेमबहादुर खड्कालाई चार लाख असी हजार सहयोग हस्तान्तरण

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
pidit-sahayog.jpeg
ललितपुर । दुबै मिर्गौला फेल भइ उपचार गराइ रहेका भट्टेडाँडा निवासी प्रेमबहादुर खड्कालाई चार लाख असी हजार रुपैयाँ हस्तान्तरण गरियो । 
 
नेपाली काँग्रेस ललितपुर क्षेत्र नं। ३ का महासमिति सदस्य जितेन्द्रकुमार श्रेष्ठको अगुवाइ तथा नेपाली काँग्रेस ललितपुर क्षेत्र नं। १ को समन्वयमा च्यारिटी सोबाट संकलित रकम प्रजातन्त्र सेनानी धनबहादुर श्रेष्ठले खड्कालाई हस्तान्तरण गरेका हुन् । 
 
सालीन, भद्र र मिजासिलो स्वभावका खड्का नेपाली काँग्रेस ललितपुर क्षेत्र नं। १ का निर्वाचित क्षेत्रीय सदस्य हुन् । खड्काको सहयोगका लागि बुधबार बिहान ७ः०० बजे गुण सिनेमा हल ग्वार्कोमा नेपाली कथानक चलचित्र वडा न ६ को च्यारिटी सो आयोजना गरिएको थियो । 
 
ललितपुर जिल्ला भटे्डाडा गाबिस वडा न ५ छपेलिमा बुबा स्व‍‍.भक्त बहादुर खड्का र आमा भगवती खड्काका जेठा छोरा खड्काले नेपाली कांग्रेस भटे्डाँडा गाबिसमा १० बर्ष सम्म सभापतिको भुमिका निर्बाह गरेका थिए । 
 
माओवादीको १० वर्षे द्वन्दमा समेत उनी अविचलित भइ नेपाली काँग्रेसमा क्रियाशील रहेका थिए । उनी  दुबै मिर्गौला पिडित बिगत ७ महिना देखि उपचार गराइरहेका छन् ।
 
पीडित प्रेमबहादुर खड्कालाई रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महासमिति सदस्य जितेन्द्रकुमार श्रेष्ठले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आइपर्ने जटिल किसिमका स्वास्थ्य उपचारका समस्या समाधान गर्नका लागि एउटा कोष नै निर्माण गर्ने योजना रहेको बताए । 
 
श्रेष्ठले भने, ‘पार्टीमा निरन्तर संघर्ष गर्ने साथीहरुलाई पार्टीले पनि समस्यामा परेको वेलामा सहयोग पुयाउनु पर्छ, पाटीमा क्रियाशील नेता तथा कार्यकर्ताहरुलाई ठुला र जटिल प्रकारका रोग लागेको अवस्थामा उपचारका लागि सहयोग गर्न एउटा कोष नै तयार गर्नु पर्छ, साथीहरुले यसमा साथ दिने हो भने म नेतृत्व लिन तयार छु ।’
 
पीडित प्रेमबहादुर खड्कालाई रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष एवम् ललितपुर क्षेत्र नं। १ का सांसद उदय शम्शेर राणा, ललितपुर क्षेत्र नं। २ का सांसद चन्द्र महर्जन, नेपाली काँग्रेस ललितपुर क्षेत्र नं। १ का सभापति राजनप्रसाद घिमिरेले पीडित प्रेमबहादुर खड्काको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ