arrow

आङतावा शेर्पाले गरे आत्मसमर्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
angtawa-sherpa-आङ्तावा शेर्पा.jpg

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बयान गराउन सरकारी वकिल कार्यालय पुगेका पूर्व सभासद आङतावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । 

पूर्व गृहमन्त्री खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेका शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेपछि फरार भएका थिए । 

उनी फरार भएपछि प्रहरीले खोजतलास गर्दै आएको थियो । त्यसपछि उनले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा पुगेर आत्मसर्मपण गरेका हुन् । 

नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछाप स्थायी घर भएका शेर्पा ठेकेदार पनि हुन् ।

योसँगै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ जना पक्राउ परिसकेका छन् । 

अब एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा र इन्द्रजित राईका छोरा पक्राउ पर्न बाँकी छ । उनीहरु फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ