arrow

शिक्षक भर्नामा यादव मात्र उत्तीर्ण गराएको भन्दै विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
nawarajpur-gaupalika-bara.jpg

सिराहा । सिराहाको एक पालिकाले स्वयम् सेवक शिक्षक भर्नामा जातीय समावेशी नगरेको भन्दै व्यापक विरोध भएको छ । जिल्लाको नवराजपुर गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयका लागि जम्मा २४ जना विषयगत स्वयम् सेवक शिक्षक छनोट परीक्षाबाट जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा एकल जातीय भएको भन्दै व्यापक टिकाटिप्पणी भएको हो। 

पालिकाभित्रका २० विद्यालयका लागि २४ वटा विषयगत स्वयम् सेवक शिक्षक छनोटको लागि लिएको लिखित परीक्षामा जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा छनोट गरिएका उम्मेदवारहरुमध्ये एक जना शिक्षक ठाकुर थरको र अन्य सबै यादव थरको शिक्षक भर्ना गरिएका छन् । पालिकाले माग गरेको २४ जना सिट संख्यामा जम्मा ६२ जनाले आवेदन दिएका थिए । 
 
पहिलो चरणको परीक्षामा ५३ जना सहभागी रहेकामध्ये ४० जना यादव थरको रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम किशोर साहले जानकारी दिए ।

 ‘पहिलो चरणको परीक्षामा जम्मा १५ जना उत्तीर्ण भएका थिए । जसमध्ये १४ जना यादव र एक जना ठाकुर समुदायका छन्’, उनले भने, ‘आधारभूत तहको लागि जम्मा १७ जना कक्षा ६ देखि ८ सम्मका लागि ३ जना र माध्यमिक तहका लागि ४ जना शिक्षक माग भएको थियो।’ 

‘हामीले जातीय रुपमा छनोट गरेको हैन, यस गाउँपालिकामा यादव जातिको संख्या बढी भएकोले स्वभाविक रुपमा यादव नै छनोट हुन पुगेको हो, यसमा कसैले केहीचलखेल गरेको छैन, ढुक्क भए हुन्छ’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत साहले, ‘पालिकाको शिक्षा कार्यविधि अनुसार नै परीक्षामा एक जना जिल्ला प्रशासनका प्रतिनिधी, चार जना जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधीहरुको उपस्थितिमा परीक्षा लिएको हो, विषय विशेषज्ञहरुलाई राखेर प्रत्यक्ष रुपमा प्रश्न पत्र बनाएर परीक्षा लिएका हौं,’ भने ।  त्यसैले पनि कुनै आशंका नरहेको उनको भनाई छ। 

शिक्षक छनोटको नतिजा सार्वजनिक भएसँगै विभिन्न खालका प्रतिकृया सार्वजनिक भएको छ। नतिजाले आरक्षणको धज्जी उठाएको जानकारहरुको आरोप छ। 

छनोट भएका सबै एउटै जातिको हुनुले विधि र प्रकृया उल्लंघन भएको आरोप पनि लागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ