arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

हिरासतमा रहेका शेर्पाको टाउकोमा चोट, ट्रमामा उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
angtawa-sherpa-आङ्तावा शेर्पा.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेर उपचार गरिएको छ । 

सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका शेर्पाको टाउकोमा चोट लागेपछि आज बिहान ट्रमा  सेन्टरमा उपचार गरिएको हो । 

उनलाई प्रहरीले आज बिहान ४ बजे उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको थियो । उपचारपछि शेर्पालाई हिरासतमा राखिएको छ । 

प्रहरीले शेर्पा शौचालयमा लडेका कारण टाउकोमा चोट लागेको बताएको छ।शेर्पाले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा पुगेर आत्मसमर्पण गरेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेका थिए । अन्य पक्राउ परेकासँग पूर्व गृहमन्त्री खाँड लगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।  

शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेपछि फरार भएका थिए । उनी फरार भएपछि प्रहरीले खोजतलास गर्दै आएको थियो । त्यसपछि उनले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा पुगेर आत्मसमर्पण गरेका थिए । 

हालसम्म प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ जना पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार छन् । एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा र इन्द्रजित राईका छोरा पक्राउ पर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ