arrow

मन्त्रिपरिषद् बैठक : के–के निर्णय भो ?

सचिव र सहसचिवहरुको नेतृत्व मूल्याङ्कन समितिमा आचार्य र श्रेष्ठ नियुक्त

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
news-cabinet.jpeg
काठमाडौं । सरकारले प्युठानको लुङमा गएको पहिरोमा परी मृत्यु हुनको परिवारलाई दशैं खर्चबापत १५ हजार सहयोग दिने प्रधानमन्त्रीको घोषणालाई अनुमोदन गरेको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विहिबार बसेको मन्त्रिपरिषद् बैठकले दशैं अघिनै उनीहरुलाई रकम पठाउने निर्णय गरेको हो । 
 
बैठकले नेपाल सरकारका सचिव र सहसचिवहरुको नेतृत्व मूल्याङ्कन समितिमा पूर्वसचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको छ ।
 
उक्त समितिले नेपाल सरकारका सचिव र सहसचिवहरुको नेतृत्व क्षमता र कार्यसम्पादनको नियमित अनुगमन गर्ने र सरकारलाई रिपोर्ट दिने काम गर्ने सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
 
प्रवक्ता कार्कीले दशैं र तिहारका बेला वन फडानी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै करारका ४ सय ५० जना बनपालेहरुलाई यथावत् राख्ने र नियमित तलवको व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको सुनाए । 
 
लोक सेवाको परामर्श लिएर नयाँ प्रक्रियामा जाने काम तिहारपछि गर्ने निर्णय भएको पनि प्रवक्ता कार्कीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ