arrow

बस दुर्घटना, ५० यात्रु घाइते

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
Tanahu-hamrakura.jpg.jpeg
दमौली । तनहुँको ब्यास नगरपालिका–१ अम्रेनीमा ग १ ख ४१५३ नम्बरको बस दुर्घटना हुँदा ५० जना यात्रु घाइते भएका छन् । 
 
मुग्लिनबाट दमौली आउँदै गरेको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । बस दुर्घटनामा परी गम्भीर घाइते हुने ब्यास–५ की २२ वर्षीय पार्वती भुजेललाई पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
 
घाइतेमध्ये अधिकांशको शरीरको विभिन्न भागमा चोट लागेको छ । गाडी उछिन्ने क्रममा उक्त बस सडकबाट चिप्लेर तल खेतमा खसेर दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
उता, तनहुँको आँबुखैरेनी नगरपालिका–३ स्थित एक्लेफाँटमा बिहीबार ग १ ख ४४६२ नं का बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ