काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै तीन तहको निर्वाचन गरिने बताएका छन् ।
नेपाल प्रहरीको ६१औँ स्थापना दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा विहिबार आयोजित कार्यक्रमा उपप्रधानमन्त्री निधिले निर्वाचन समयमै गराउनु सरकारको प्राथमिकता रहेकाले त्यसअनुरुप काम अघि बढाइएको उल्लेख गरे ।
उनले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनै तहको निर्वाचन सम्पन्न गराउन सरकार लागिपरेको बताए ।
मन्त्री निधिले सुरक्षा, सामाजिक सेवा तथा भौतिक पूर्वाधारमा प्रहरी सङ्गठनले खेलेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले परिवर्तित सन्दर्भमा प्रहरी सङ्गठनले आफ्नो दायित्व र भूमिकालाई सक्दो निर्वाह गर्दै आएको बताए । रासस