arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

शेर्पा हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
angtawa-sherpa-आङ्तावा शेर्पा.jpg

काठमाडौं ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा परेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा हिरासतमा रहेका छन् । जिल्ला अदालत काठमाडौंले नेपालीलाई शरणार्थी बनाएर सङ्गठित ठगी गरेको प्रकरणमा मुछिएपछि  शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

जिल्ला अदालतले मंगलबार  दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

शेर्पाले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर आत्मसमर्पण गरेका थिए ।  सो प्रकरणमा घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै सोमबार शेर्पा आफैँ जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए । यसअघि प्रहरीले शेर्पाको बारेमा अनुसन्धान गरिरहेको बेला आफैँ प्रहरीमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । उनसहित अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाँडसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ  भने दुई जना अझै फरार छन् । एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा र इन्द्रजित राईका छोरा पक्राउ पर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ