arrow

‘२५ बुँदे सम्झौताले नेपाललाई भुटानको स्तरमा झारेको छ’

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
sambaaddabali.jpeg
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री प्रचण्डले गरेको २५ बुँदे सम्झौताले नेपाललाई सधैं भारतको पछि लाग्ने बनाएको बताएका छन् ।  देशभक्त जनगणतान्त्रि मोर्चाले बिहीबार संवाद डबलीमा गरेको ‘२५ बुँदे सम्झौता र राष्ट्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले भने, ‘प्रचण्ड जी भारतको आर्शिवाद थाप्न गएर राष्ट्रघाति सम्झौता गरे तर मागेजस्तो आर्शिवाद पाएनन् ।’ भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले २५ बुँदे सम्झौताले नेपाललाई सिक्मिकरण र भुटानकरणको दिशामा नेपाललाई लगेको बताए ।
 
कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारतमा नेपालमाथि गद्दारी गरेको भन्दै २५ बुँदेबारे सत्तासाझेदार नेपाली काँग्रेसलाई समेत जानकारी नगराएको बताए ।  ‘प्रचण्ड जी राष्ट्रघाति हुन् वा राष्ट्रवादी भन्ने उनले पटक पटक व्यवहारमा देखाएका छन्’ बिजुक्छेले भने ।
 
अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री प्रचण्डले गरेको राष्ट्रघातको विरुद्धमा सडकमा आउनुको विकल्प नभएको बताए । 
नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले २५ बुँदे सहमतिले नेपाललाई भारतको पुच्छर बनाएको बताएका छन् । मैनालीले सम्झौताको १० नम्बर बुँदा सबैभन्दा खतरनाक भएको बताए । 
 
‘नेपालको परराष्ट्र नीति तटष्थ र पंचशीलका आधारमा हुने भएपनि २५ बुँदे सम्झौताले भुटानको स्तरमा पुर्याइ दिएको छ’ उनले भने । अध्यक्ष मैनालीले ६०१ जनाले संविधान लेखे भन्दैमा नेपाल भारतीय हस्तक्षेपबाट मुक्त नभएको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ