arrow

राज्यको पुर्नसंरचना जातजातीको आधारमा गर्नु हुँदैन : शहरी विकास मन्त्री के.सी.

logo
नारायण रिजाल,
प्रकाशित २०७३ असोज २० बिहिबार
Arjunnarsing.jpeg
बागलुङ । शहरी विकास मन्त्री अर्जुन नरसिंह के.सीले राज्यको पूनःसंरचना जात जातीको आधारमा कुनै पनि हालतमा गर्न नहुने बताएका छन् । बागलुङको गलकोटमा दशै उत्सवको उदघाट्न कार्यक्रममा बोल्दै मन्त्री के.सी.ले अहिलेको पविेशमा जातजातिको कुरा निकाल्नु भनेको संबिधान कार्यन्वयन गर्न नदिने षडयन्त्र भएको बताए ।
 
अहिले पुर्नसंरचनाको आधार तथा मापदण्ड तयार गर्नको लागि गठित स्वतन्त्र आयोगले दिएको अबधारणा सही नभएको ले यसलाई फेरबदल गर्नुपर्ने बताए । केसीले इलाकालाई आधार मानेर स्थानीय निर्वाचनामा जाने दलहरुबीच सहमति भएको बताउदै स्वतन्त्र आयोगको कुरा अन्तिम नभएको बताए । 
 
आयोगको प्रस्ताव रहेका ५९५, हुन तर प्रमुख दलको सहमति ९२७ तथा ईलाका भुगोल समेटेर पुर्नसंरचना गर्नका लागि तयार भएका छौ , मन्त्री केसी भने आयोगले गरेको केही कुरा सहि भएता पनि भौगोलिक अबस्थाबारे गरिएका कुरा सत्य हुन नसकेको हुनाले आयोगले तोकेको ढाँचा अनुरुप हुनु हुँदैन । के.सी.ले देशमा आएको संविधान अक्षरशं कार्यान्वयनका लागि प्रमुख तिन दलले नै मुख्य भुमिका खेल्न सक्ने बताए । 
 
फरक प्रसंङ्गमा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको आसपासका सहरहरुलाई स्मार्ट सीटीमा समावेस गर्ने तयारी रहेको बताउदै गलकोटलाई पनि स्मार्ट सिटिमा समाबेस गर्ने जरुर रहेको बताए । सरकारले अहिले सम्म १० ओटा सहरलाई स्मार्ट सिटिको रुपमा घोषणा गरेको छ । दशै उत्सव २२ गते सम्म चल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ