arrow

'मर्यादित र संयम भई समाचार लेख्नुस्'

logo
प्रेम रौले,
प्रकाशित २०७३ असोज २० बिहिबार
bajurapatrakar.jpeg
बाजुरा  । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले चियापान तथा शुभकामना आदान प्रदान गरेको छ ।  कार्यक्रममा महासंघका अध्यक्ष मदनराज जोशीले दशैतिहारमा विभिन्न खालका घटना घट्ने गरेकाले सबै पत्रकारहरुले संयममित भएर समाचार सम्प्रेषण गनै आग्रह गरेका छन् । 
 
उनले पत्रकामाथि हेर्ने दृष्किोण फरक भएकाले समाचार संकलन र सम्प्रेण गर्दा संवेदनशिल हुनुपर्ने बताए। कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन केन्द्रीय सदस्य दयाराम पण्डितले व्यवसायिक पत्रकारिता सफल र साकार हुदै गएको बताए। उनले जिल्लामा रहेका पत्रकारहरुलाइ शुभकामना दिदै व्यवसायिक पत्रकारिता गर्न इच्छा,चाहाना क्षमता भए पत्रकारिताले फड्को मार्ने सुनाए । उनले पत्रकारितामा जिल्ला विगतको भन्दा अहिले सुधार हुदै आएको समेत बताए ।
 
यसैगरी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन शाहले पत्रकारितालाइ मर्यादित र कर्ममा प्रेरित हुन आग्रह गरेका छन्  । जिल्लाको पत्रकारितामा सबैले व्यवसायिक बनाएर लैजानुपर्ने शाहले बताए  । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मराज पाध्यायले पत्रकारिताको व्यवसायिकतालाइ क्षमता अभिबृद्धी गर्दै लैजानुपर्ने बताएका छन् । 
 
उनले पत्रकारितामा देखिएका कमीकमजोरीलाइ सुधार गर्दैलैजान आग्रह गरेका छन् । यसैगरी प्रेस चौतारी केन्द्रीय कार्यालय पुर्व सचिव डिवी खड्काले बाजुरामा बसेर केन्द्रमा समाचार सम्प्रेषण गर्दै आएको यसलाइ निरन्तरता दिन आग्रह गरेका छन् । यस्तै रेडियो बाजुराका स्टेशन प्रवन्धक तुलाराम जैशीले पत्रकारिता सत्यतामा आधारित सम्प्रेषण गर्न आग्रह गरे । जैशीले पत्रकारले उच्च मनोवल बनाएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । 
 
जैशीले सभ्य,निपश्क्ष  भएर कलम चलाउनु पर्ने र पेशालाइ मर्यादित बनाउनुपर्न बताएका छन् । पत्रकार महासंघका सभासद तथा पत्रकार प्रकाश सिंहले समाजमा भएका विकृती विसंगतीलाइ खोज गरी समाचारमा ल्याउन आग्रह गरे । जिल्लाका विवभिन्न क्षेत्रमा समाचार लुकेर बसेकाले तिनीहरुको खोजी गरी पर्दामा ल्याउनुपर्ने बताए । 
 
शुभकामना कार्यक्रममा प्रेस चौतारी नेपालका जिल्ला सचिव लक्ष्मीराज पाध्याय,नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका सदस्य रमिति वि.क.ले शुभकामना दिएका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष मदनराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य दयाराम पण्डित, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मराज पाध्याय, महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन शाह रेडियो बाजुराका प्रबन्धक तुलाराम जैशी पत्रकार महासंघका सभासद प्रकाश सिंह लगायत अतिथी रहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ