arrow

नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका १४ जनालाई नै थप तीन दिन हिरासतमा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
top-bahadur-rayamajhi-arrested-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । 

आजसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले बताए । पक्राउ पुर्जी जारी भएका दुई जना अझै फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ