arrow

सरकार पत्रकारको सुरक्षाप्रति सचेत छ : उपप्रधानमन्त्री निधि

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
union-उचयनचबः.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले पत्रकारको सुरक्षाप्रति सरकार सचेत रहेको बताएका छन् । 
 
नेपाल प्रेस युनियनको प्रकाशन विभागद्वारा बुधबार आयोजित ‘युनियन पत्रिका’ त्रैमासिकको विमोचन कार्यक्रममा निधिले पत्रकारको भौतिक सुरक्षाका लागि सरकार आवश्यक कदम चाल्न तयार रहेको बताए । 
 
संविधानमा केही संशोधन गरेर संविधान कार्यान्वयनको अनुकूल वातावरण बनाउनुपर्ने बताउँदै उनले भने , “संविधान कार्यान्वयनका लागि संवैधानिक व्यवस्था अनुरुप स्थानीय, प्रादेशिक र सङ्घीय तहको निर्वाचन गराउन सरकार लागिपरेको छ ।” 
 
संविधान कार्यान्वयन सरकारको प्रमुख प्राथमिकतामा रहेको र यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे। 
 
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पत्रकारको भौतिक सुरक्षा प्रमुख चुनौतीका रुपमा रहेको र त्यसले समाचार लेखनमा स्वनियन्त्रित हुनुपर्ने अवस्था सिर्जना गरेको औँल्याए । 
 
युनियनका अध्यक्ष बद्री सिग्देलले श्रमजीवी पत्रकारका मुद्दामा सबै सङ्घ सङ्गठन एकताबद्ध भएर लाग्नुपर्ने बताए । 
 
कार्यक्रममा प्रकाशन विभागका संयोजक कल्पना शर्माले युनियनको इतिहास र जिल्ला समितिका गतिविधिबारे जानकारी गराउन त्रैमासिक पत्रिका प्रकाशन सुरु गरेको बताइन् । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ