arrow

सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा तीन दिन छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
rastriya-sabha-2080-01-26.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीन दिन छलफल हुने भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार सरकारले पेस गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो । 

बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने निर्णय गरेको हो । 
 



नयाँ