- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हाल बजारमा चिनीयुक्त पेय पदार्थको खपत धेरै हुँदै आएको छ । यस्ता पेय पदार्थमा विभिन्न देशका सरकारले सोडा कर वा चिनी पेय कर लगाउँदै आएका पनि छन् ।
मोटोपना, मधुमेह, मुटु, मिर्गौला, नसा, मानसिक र दाँत क्षय जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउने यस्ता चिनीयुक्त पेय पदार्थहरूको उपभोगलाई निरुत्साहित गर्ने उद्देश्यका साथ लगाइएको यस्त करहरू विभिन्न देश वा सोही देशका अधिकार क्षेत्रको आधारमा फरक हुने गर्दछ ।
नेपाल सरकारले पनि विश्वका अरु दशहरूमा लगाइने करको अध्ययन र यस्ता चिनीजन्य झोलपदार्थहरूले जनस्वास्थ्यमा पुर्याउने खतरालाई मध्यनजर गर्दै करको दरमा हेरफेर गर्नु अहिलेको प्रमुख विषयका रूपमा अघि आइरहेको छ ।
तर अहिलेसम्म त्यसको कुनै प्रक्रिया अगाडि नबढाइँदा भने सरकारले साँच्चिकै जनताको स्वास्थ्यमाथि खेलबाड नै गरेको हो त भन्ने प्रश्न पनि उब्जिएको छ । त्यतिमात्र हैन यस्ता पेयमा ठूलो कर लगाएर प्रोटिनजन्य खाद्यपदार्थमा छुट दिने नीति ल्याउनु पर्छ ।
यस्ता चिनीजन्य झोलहरू विशेषगरी बालबालिका र किशोरकिशोरीहरूले रुचाउने पाइएको छ । यो उमेर समूहको शारीरिक र मानसिक स्वास्थ्यमा ती चिनीजन्य झोलहरूले पुर्याउने आघातका आधारमा कर निर्धारण गर्नुपर्ने हुन्छ ।
उक्त कर स्वास्थ्य र शिक्षामा खर्च गर्दा देशलाई अतिरिक्त भार पनि कम हुने स्पष्ट रूपमा देख्न सकिन्छ । शिक्षा र स्वास्थ्य सरकारको जनताप्रति प्रमुख उत्तरदायित्व हुने हुँदा यस्ता अस्वस्थ्यकर चिजहरूमा करको दर र दायरा बढाउनुको विकल्प देखिँदैन ।
प्रारम्भिक तहमा बुझ्दा सोडा कर लगाउने विश्वका सम्पूर्ण राष्ट्रहरूले अपनाएको कर नीतिमा केही समान पक्षहरू भेटाउन सकिन्छ ।
विभिन्न राष्ट्रले अपनाएको सोडा कर नीतिका समान पक्षहरू–
कर नीतिः सोडा कर चिनीयुक्त पेय पदार्थ उत्पादक वा वितरकलाई लगाइन्छ । यस्तो कर पेय पदार्थमा प्रयोग भएको चिनीको मात्रा वा तौलमा आधारित रहेर निर्धारण गरिन्छ ।
सोडा करको कभरेजः चिनीयुक्त यस्ता पदार्थ जस्तै कार्बोनेटेड सफ्ट ड्रिंक्स (सोडा) चिनी थपिएको फलफूलको जुस, ऊर्जा दिलाउने पेय पदार्थ, खेलमा प्रयोग हुने पेय पदार्थ, बोतल–चिया, स्वादयुक्त पानी अथवा चिनी थपिएका सम्पूर्ण पेय पदार्थहरूमा लगाइन्छ । यस्तो कर फलफूलको जुस, दूध र बोतलको पानी जस्ता पेय पदार्थहरू सामान्यतया छुट गरिँदै आएको छ ।
कर दरः विभिन्न देशको क्षेत्राधिकार अनुरूप कर दरमा भिन्नता पाइन सकिन्छ । यस्तो कर प्रायः सबै चिनीयुक्त पेय पदार्थमा प्रयोग गरिएको चिनीको प्रति एकाइ मात्रा वा पेय पदार्थको वजन वा पेय पदार्थको खुद्रा मूल्यको प्रतिशतको रूपमा विनियोजन गरिन्छ ।
राजस्व बाँडफाँटः यस्ता चिनीयुक्त पेय पदार्थको करबाट उत्पन्न भएको राजस्व सार्वजनिक स्वास्थ्य पहल, पोषण शिक्षा कार्यक्रम, वा मोटोपना रोकथामका प्रयास कोषहरूमा विनियोजन गर्ने सरकारी नीति नियमहरू बनेको पाउन सकिन्छ ।
उपभोगमा प्रभावः विभिन्न देशमा लगाइने चिनीयुक्त पेय पदार्थका कर पछाडिको लक्ष्य चिनीयुक्त पेय पदार्थको खपत कम गर्ने रहेको र सोडा कर लगाउने विभिन्न देशमा गरिएको अध्ययनहरूले यस्ता पेय पदार्थमा लगाइएको उच्च करहरूले खपतमा कमी ल्याउन सक्ने निष्कर्ष निकालेको भेट्न सकिन्छ ।
चिनीयुक्त पेय पदार्थमा लगाइने करहरू विभिन्न देशका विशिष्ट नीति नियमहरूका कारण भिन्न हुन सक्छन् । विभिन्न देश, राज्य वा शहरहरूमा यस्ता करको सीमा भिन्न हुने कारण विभिन्न राष्ट्रिय संयन्त्रले यस्ता अस्वस्थ्य पेय पदार्थको नकारात्मक प्रभाव आङ्कलन जनस्वास्थ्यमा पुर्याउने खतरालाई नजरअन्दाज गर्नु घातक हुन सक्दछ । तसर्थमा यस्ता विषयलाई सक्रियता पूर्वक विश्लेषण गर्नु पर्ने आवश्यक हुन्छ ।
२०२० मा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले ग्लोबल फुड रिसर्च प्रोग्राम अन्तर्गत ४५ देशले लगाएको सोडा करको एक सर्वेक्षण अनुसार विभिन्न देशहरुले चिनीयुक्त पेय पदार्थको खपत घटाउन सहायता लिएको बुझ्न सकिन्छ । यसै अनुसन्धानका आधारमा हामीले विभिन्न देशले चिनीयुक्त पेय सामग्रीमा निम्न कर सीमा अपनाएको भेट्न सक्छौं–