arrow

मुलुकी संहिता सम्बन्धी अध्यादेश स्वीकृत, कोरोना विधेयक फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
rastriya-sabha-2080-01-26.jpg

काठमाडौं । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो । 

विधेयक फिर्ता
सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड––१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसद्बाट फिर्ता लिएको छ ।  

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए । 

सो प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो । 



नयाँ