arrow

दादागिरी नगरी तोकिएको भाडादर कायम गर्न निर्देशन

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
doti-ko-sadak-pida.jpg.jpeg
डोटी । यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो । 
 
यसअघि वुधबार बसेको बैठकले तोकिएको भाँडादर विहिबारबाट लागु गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको थियो । तर, राजपुर–वायल–चवरा चौतारा सडकखण्डको स्थिति नाजुक रहेको भन्दै यातायात व्यवसायीले सो भाडादर समायोजन गर्न मानेका थिएनन् । 
 
उल्टै विहिबार विहानै देखि पहिलेको तुलनामा अत्यधिक भाडा अशुलेका छन् । सोही कारण प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले विहिबार अकस्मात बैठक बोलाए । बैठकमा सडकको मर्मतका लागि शुक्रबार देखि नै डिभिजन सडक कार्यालय कुलपातेलाई डोजर पठाउन समेत निर्देशन दिइयो । 
 
यस्तै, यातायात व्यवसायीले शुक्रबारदेखि नै सबै सडकहरुमा तोकिएकै भाडादर कायम गर्न कडाईका साथ निर्देशन दिइएको छ । यदि यसो नभए कडा कारबाही  गर्ने समेत निर्णयमा उल्लेख छ । 
 
यसबाहेक यात्रा गर्दा सबै यात्रुहरुलाई अनिवार्य टिकट पनि उपलब्ध गराउनुपर्ने निर्णयमा भनिएको छ । साँझ ५ बजेपछि कुनै पनि ग्रामीण सडकमा सवारी नचलाउन समेत निर्देशन दिइएको छ । 
 
बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले वनलेक–उच्चाकोट सडकखण्डमा सवारी चलिरहेको कुरा आएको बताउदै अब त्यहाँ फेरि त्यसरी सवारी चलेको पाइए कारबाही हुने बताए । 
 
सो सडकलाई अस्थायी रुट परमिट दिइएको छैन । सरकारले देशैभर रुट परमिट  नभएका सडकमा सवारी नचलाउन भनेको छ । यस्तै, प्रमुख जिल्ला अधिकारी आचार्यले मापसेमा कडाईका साथ चेकिङ गर्न ट्राफिक प्रहरी तथा प्रहरीलाई निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ