arrow

एसिडीका लागि परराष्ट्रमन्त्री शुक्रबार थाइल्याण्ड जाने

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
mahatprakash.jpeg
काठमाडौँ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत दोस्रो एसिया सहयोग संवाद (एसिडी) सम्मेलनमा भाग लिन शुक्रबार थाइल्यान्ड भएका छन् । 
 
सो सम्मेलन यही असोज २२ देखि २४ गते बैंककमा हुने परराष्ट्र मन्त्रालयले विहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘एक एसिया, विविध बल’ विषयमा हुने सो सम्मेलनमा मन्त्री डा महतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसिया सहयोग २०३० को दृष्टिकोण र विकासको साझेदारका विषयमा पनि छलफल भई बैंकक घोषणापत्र लगायत जारी गरिने छ । 
 
मन्त्री डा महतसँगै परराष्ट्र सचिव शङ्करदास वैरागी, थाइल्यायन्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराई लगायत सम्मेलनमा सहभागी हुनेछन् । एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसिडी स्थापना भएको हो । नेपाल एसिडीको चौतिऔँ सदस्य राष्ट्र हो । मन्त्री डा महत यही असोज २५ गते स्वदेश फर्कनेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ