arrow

डा.गोविन्द केसीको समर्थनमा पोखरामा पनि प्रदर्शन

सांसदको भत्ता वृद्धि अनुचित

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
GKC-pokhara-paradarsan.jpeg
कास्की । अनसनरत डा.गोविन्द केसीका मागको समर्थन तथा संसदहरुको तलब भत्ता वृद्धिको विरोधमा पोखराको चिप्लेढुङगामा सांकेतिक प्रदर्शन भएको छ । 
 
डा. गोविन्द केसी जीवन मरणको दोसाँधमा रहेको बेला उनको माग पूरा गर्नुको साटो सांसदहरुको तलब भत्ता वृद्धि अनुचित भएको भन्दै ‘सोलिडारिटि फर डा. गोविन्द केसी अलायन्स’ पोखराका अभियान्ताहरुले पागल व्याण्ड लगाई भ्रष्टचारविरुद्ध नाराबाजी गरे ।  
सांसदहरु जनादेशको वेवास्था गर्दै आफ्नै निजी स्वार्थमा जुटेको भन्दै  सर्वसाधरणबाट १–१ रुपैंया संकलन गरी जम्मा २ सय ५२ रुपैंया जिल्ला प्रशासन कार्यलय मार्फत नेपाल सरकारलाई बुझाउने अभियान्ताहरुले बताएका छन् । कार्यक्रममा माथेमा आयोगको प्रतिवेदन तथा डा.केसीका मागका बारेमा प्रकाश आचार्यले सर्वसाधरणलाई जानकारी गराए । 
 
मानव अधिकारवादी अभियान्ता तथा समाजसेवी टेकनाथ बराल, सामाजिक अभियन्ता तथा नागरिक समाजका अगुवा राम बहादुर पौडेल तथा समाजसेवी विष्णु बराल लगायतले भ्रष्टचारविरुद्ध र डा.केसीको आन्दोलनमा ऐक्यवद्धता जनाए । कार्यक्रममा गुरु बरालले डा.केसीको आन्दोलन तथा व्यक्तित्वको वारेमा कविता वाचन गरे । 
 
सरोज गौतम, सौगात पोखरेल, मिलन सुवेदीले दबाब कार्यक्रममा आफ्ना धारणा राख्दै विसङ्गति विरुद्ध युवालाई जुट्न आग्रह गरेका थिए । कार्यक्रमको संयोजक राजाराम केसीले यस्ता अभियानलाई निरन्तरता दिँदै भ्रष्टचार विरुद्ध लडिरहने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ