arrow

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै थप तीन दिन हिरासतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
topbahadur-rayamajhi-balkrishna-khand.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैई थप तीन दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरु सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

अदालतले मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकृत दीपक दाहालले बताएका हुन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, विचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सागर शर्मा पोखरेल, गोविन्द चौधरी, सागर थुलुङ राई, टंक गुरुङसहित १६ जना पक्राउ परेका छन् ।


यसअघि प्रहरीलाई अदालतले आइतबारसम्म मात्रै थुनामा राख्ने अनुमति दिएको थियो । १६ जना पक्राउ परेकामा अझै दुई जना भने फरार छन् । एमाले उपाध्यक्ष बादलका छोरा तथा इन्द्रजित राईका छोरा भने अझै फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ