भुटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
464
Shares
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताएका छन्।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एकवर्षे उपलब्धि कार्यक्रममा उनले भ्रष्टाचार देशद्रोही कदम भएको र भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।
राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने बताउँदै अध्यक्ष बिजुक्छेँले नेपाल विदेशी शक्तिसामु झुके साम्राज्यवादीहरुको जालोमा फस्ने बताए । विदेशका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था देशको हित विपरीत हुने बताउँदै उनले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिए ।