arrow

प्रेस युनियन कास्कीको अध्यक्षमा ६ जनाको उम्मेद्वारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
press union kaski.jpg

पोखरा । नेपाल प्रेस युनियन कास्कीको नेतृत्वका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन समिति संयोजक राजबहादुर गुरुङका अनुसार युनियनको भावी नेतृत्वका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनका अनुसार विजय लम्साल, रवीना आले, भूपाल गुरुङ, बासुदेव मिश्र, परशुराम शर्मा आचार्य र वासुदेव पौडेलले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । 

यस्तै, उपाध्यक्ष (खुला) पदमा विराज शर्मा (ठगराज), सन्तोष बस्याल, उपाध्यक्ष समावेशी तथा महिलामा ज्योती हमाल र सुशिल श्रेष्ठ, सचिवमा मधु अधिकारी, अनिषा श्रेष्ठ, धनबहादुर गुरुङ (सुमन) ले उम्मेद्वारी दर्ता गराएका छन् । 

यसैगरी कोषाध्यक्षमा निराजन अधिकारी, महेन्द्र ढुंगाना, सुवास आचार्य र गणेश पहारी, सहसचिवमा सपना अधिकारीको उम्मेद्वारी परेको छ । 

यस्तै, खुला सदस्यमा कृष्ण सुवेदी, रोबर्ट घिमिरे, शिवप्रसाद न्यौपाने, सञ्जय आचार्य, विवेक ढुंगाना, अजय क्षेत्रीका साथै महिला सदस्यमा प्रतिमा सापकोटा, देविका तामाङ, आदिवासी जनजाति सदस्यमा चेतबहादुर थापा प्रविण, अभिनन्दन बजिमय र बलबहादुर रोका मगरको उम्मेद्वारी परेको छ । 

यसैबीच नयाँ नेतृत्व चयनका लागि निर्वाचन आज हुने भएको छ । आज बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म मतदान हुने संयोजक गुरुङले जानकारी दिए ।

हिजो सर्वसम्मति नेतृत्व चयनको प्रयास गरिएपनि सर्वसम्मति नभएपछि आज मतदानमार्फत नेतृत्व चयन गर्न लागिएको हो । युनियन कास्कीका १९१ जना सदस्य मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ