arrow

मार्सी रोप्न भ्याइनभ्याइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
marsi-dhan.jpg

जुम्ला ।  जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ ।  जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवद्र्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ ।  

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बीउ रोपी महोत्सवको शुभारम्भ गर्नुभयो ।  कृषिमन्त्री खेतमा पुगेपछि मार्सी धानको महत्व अझै बढेको किसान बताउँछन् । 

पछिल्लो समयमा मार्सी धानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए ।  मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेको स्थानीयवासी मुनबहादुर ऐडीले बताए । 

जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी धानलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारको कृषि मन्त्रालयले आवश्यक सहयोग गर्न भएको छ । 

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताए । 

पालिकाको आफ्नौ बजेटमा मार्सी रोपाइँ हुने जिउलोमा घेरबार गरेका छौँ । बजेटको अभावले अझै हुन सकेको छैन । मार्सी धान संरक्षण गर्नेका लागि गाउँपालिको आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ