काठमाडौं । उपचारको क्रममा संखुवासभाकी एक महिलाको ज्यान गएपछि ओम अस्पतालमा विहानैदेखि तनाव सुरू भएको छ ।
मृतकको आफन्तबाट हुन सक्ने सम्भावित क्षतिलाई रोक्नको लागि महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख डिएसपी नवराज कार्कीसहित उच्च संख्यामा प्रहरीहरु अहिले ओम अस्पतालमा पुगेका छन् ।
महानगरीय प्रहरी बृत्त गौशालाले दिएको जानकारी अनुसार विहान ८ बजेतिरबाट तनाव सुरू भएको हाे । त्यहाँकाे सुरक्षा सवेदनशीलतालार्इ ध्यानमा राख्दै उच्च संख्यामा प्रहरी परिचालन गरिएकाे बृत्तका ड्यूटीअफिसर गणेश चौधरीले जानकारी दिए ।
त्यहाँ अहिले कार्कीको नेतृत्वमा ३०÷३५ जनाको प्रहरी तैनाथ गरिएको छ । संघुवासभाकी अन्दाजी ५२ बर्षीय टंककुमारी न्यौपानेको उपचारका क्रममा विहिबार अपरान्ह ४ बजे मृत्यु भएपछि उनका आफन्त, गाउँले लगायत अहिले अस्पताल परिसरमा भेला भएका छन् ।