arrow

मेरो दशैं - तास खेल्दिन पिङ खेल्छुः केदार प्रसाद देवकोटा

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
kedar-prasad-devkota.jpeg
काठमाडौं। निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष केदार प्रसाद देवकोटाले हाम्राकुराको दशैं सेग्मेन्टमा आफ्नो दशैं अनुभव यसरी साँटेका छन्। प्रस्तुत छ सोहि कुराकानीका केहि अंशहरुः 
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः यो वर्षको दशैं मेरो आधा नेपालमा र आधा विदेशमा वित्दैछ भन्नु पर्‍यो । म टीका लगाउने दिनसम्ममा नेपाल आईपुगिसक्ने कार्यतालिका रहेको छ । म डब्लू एफटीयूको १७ औं कङ्ग्रेसमा सहभागी हुनको लागि अहिले दक्षिण अफ्रिकामा छु । म नवमीको दिन नेपाल आउँछु र टीकाको दिन म आफ्नै जन्म जिल्ला सिन्धुली जाँदैछु । 
 
प्रश्नः दशैंमा रमाइलोका लागि के गर्नुहुन्छ ? 
जवाफः पिङ खेल्ने, घुमफिर गर्ने र भेटघाट गरेर रमाइलो गर्ने गर्छु । तास भने खेल्ने गरेको छैन । तर पिङ खेलिन्छ घर गएर ।
 
प्रश्नः दशैंमा मासु खानुहुन्छ कि खानुहुन्न ?  
जवाफः अब दशैंमा त बिशेषगरि खसीकै मासु खाने गरिएको छ । म पनि खसीकै मासु खाएर दशैं मनाउँछु । 
 
प्रश्नः दशैंको टीकाटालो गर्दा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ?   
जवाफः टीकाटालोमा पैसाको कुरा गर्दा त अलिअलि घाटामा नै परिन्छ । लिने भन्दा दिने ठाउँ अलिक बढी नै रहेको छ ।  
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? 
जवाफः दशैं स्पेसल भनेर नै कपडा किन्ने गरेको छैन । परिवारलाई किनिन्छ । आफूलाई चाहिएको बखतमा अरू बेलामा नै किन्ने भएपछि त्यस्तो स्पेसल हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ