arrow

स्थानिय निकायको निर्वाचन हुनुपर्नेः नेता पौडेल

logo
शुसिला रेग्मी,
प्रकाशित २०७३ असोज २१ शुक्रबार
pradip-poudel-palpa.jpeg
रामपुर(पाल्पा)। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले संबिधान कार्यान्वयनका लागि स्थानिय निकायको निर्वाचन हुनु जरुरी रहेको बताए। शुक्रवार पाल्पाको रामपुरमा नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले संबिधान लागु गर्नका लागि स्थानिय निकायको निर्वाचन तत्काल गर्नुपर्ने आवश्यक रहेको बताए। 
 
संबिधानले स्थानिय,प्रान्तीय र संसदीय निकायको निर्वाचन तोकेको नेता पौडेलले बताउनुभयो । नेपालको संबिधानले सबै जात जातीको हक अधिकारलाई समेटेको बताउदै नेता पौडेलले मधेशी दलको केही मुद्धालाई संबिधानमा संशोधन गर्ने बताए। 
 
साथै उहाँले अंगिकृत नागरिकता वितरणमा भारत सरकार भन्दा नेपाल सरकार अगाडी रहेको बताए। नेता पौडेलले नेपाल तरुण दलले युवाहरुलाई समेटेर बिस्तार गर्नु जरुरी रहेको बताए। 
उनले दलित,महिला,मजदुरलाई अधिकार दिने काम कांग्रेसले गरेको बताउदै कांग्रेसले हतियारको राजनिति होइन विचारको राजनिति गर्दै आएकोमा जोड दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ