डडेल्धुरा । डडेल्धुरा जिल्लामा पाँच दिवसीय निःशुल्क योग महोत्सव मंगलबारबाट शुरु भएको छ । ‘योग र आयुर्वेदको प्रयोग गरी स्वस्थ्य जीवन जीउन विभिन्न प्रकारका रोगबाट मुक्ति प्राप्त गरौँ’ भन्ने मूल ध्येयका निःशुल्क योग महोत्सव शुरु गरिएको हो ।
पतंजली योग समिति डडेल्धुराको आयोजनामा डडेल्धुरा जिल्लाको टुँडिखेलमा जेठ ९ गते मंगलबार देखि १३ गते शनिबारसम्म पाँच दिने डडेल्धुरा योग महोत्सव सञ्चालन भएको हो ।
पतंजली योग समिति नेपालका प्रमुख देवआदितिको सानिध्यमा संचालन भएको योग महोत्सवमा योग साधना, शारीरिक अभ्यास, प्राणायाम लगायत सत्संग तथा आयुर्वेदिक औषधीय उपचार तथा योग स्वास्थ्य परामर्शका विषयमा साधकहरुलाई जनचेतनामूलक जानकारी तथा प्रशिक्षण गराउन लागिएको पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोविन्द खडायतले जानकारी दिए ।