काठमाडौं । नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य मुमाराम खनालले पार्टी छाडेको घोषणा गरेका छन् । शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै खनालले आफूले राजीनामा दिएको घोषणा गरेका हुन् ।
विज्ञप्तीमा खनालले आफूले पार्टी छाड्नुको ५ बुँदे कारण पनि पेश गरेका छन् । खनालले नयाँ शक्ति नयाँ सोच, विचार र कार्यशैलीबाट अघि बढ्नु पर्ने भए पनि संयोजक भट्टराईको कार्यशैली नफेरिएको भन्दै आफूले पार्टी छाडेको जनाएका छन् ।
हतारमा नयाँ शक्तिको बहसलाई पार्टीमा रुपान्तरण गरे पनि त्यसलाई पूर्व माओवादी जम्मा गर्ने थलोका रुपमा प्रयोग गरिएको मुमाराम खनालले आरोप लगाएका छन् ।
खनालले जारी गरेको विज्ञप्ती यस्तो छ ।