arrow

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : निधी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
bimalendra_nidhi_final.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधीले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दावी समेत गरे । 

उनले सङ्घीय सांसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए । नेता निधीले भने, ‘सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरू सुन्यौँ । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसद्मा प्रतिपक्षका सांसदहरूले पनि बोल्नु भएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद् नै हुन्छ । अव त्यो सांसदबाट दुई दुई पटक पारित भएर गएको विधेयक संसद्मा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रीपरिषद्ले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यस कारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहिँ सम्पूर्ण रूपमा सक्रिय भइदिनु पर्‍यो भन्ने कुरा राख्न चाहन्छु ।’

नेता निधीले सङ्घीय सांसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरी संसद्मा आउन नहुने समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ